काठमाडौं स्कुल अफ ल काे २० अाैं वार्षिकोत्सब

याे ऐतिहासिक कार्यक्रम के एस एलकाे लागि मात्र, याे देशका लागि मात्र नभई दक्षिण एसिया, चाइनाका लागि, याे क्षेत्रकाे सद्भाव, मित्रता र समृद्धिका लागि समर्पित पाएँ । हामी सम्पूर्ण नेपाली प्राे. डा. युवराज संग्राैला र सम्पूर्ण के एस एल परिवारलाई सलाम टक्रयाउन चाहन्छौं र हामी माेडर्न पनि के एस एल परिवारको एक सदस्य हुनुमा गाैरब गर्दछौं । लाग्छ प्राे. संग्राैला जस्ता कम्तीमा पनि एक जना व्यक्तित्व सबै प्रदेशमा हुने हाे भने के एस एल ले अाज २० वर्षमा जुन पहिचान नेपाल र विश्व मानचित्रमा बनाउन सकेको छ, नेपालकाे पहिचान पनि सगरमाथाकाे शिर जस्तै उच्च बनाउन एक दशक पनि लाग्छ जस्तो लाग्दैन । धेरै धेरै बधाई र अझ उत्तराेत्तर प्रगतिका लागि कामना, के एस एलकाे विश्वविद्यालय बन्ने चाहना चाँडै पूरा हाेस्, म र माेडर्न परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना प्राे. डा. संग्राैला सर र सम्पूर्ण के एस एल परिवारलाई व्यक्त गर्दछौं । युवराज सर/ के एस एलका शिष्यहरू युवराज सर जस्तै इमानदार, देशभक्त भई राष्ट्रलाई सेवा गर्न थालिसक्दा अब देश परिवर्तन हुन धेरै समय लाग्ला जस्तो पनि लाग्दैन । … जय के एस एल…. र माेडर्नमा माेती बनेर चम्केका अजय श्रेष्ठ, रक्षा खनाल, बिकिसा पाैड्याल, माेतिमाया तामाङ्ग, पुनम राजथला, शैलेस खिउँजू लगायत अन्य धेरै बिद्यार्थीहरू, सबै के एस एलका विद्यार्थीहरू चम्किरहेकाे देख्दा साह्रै हर्षित छाैं र चम्किदै जाऊन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *